सामाजिक सञ्जाल बन्द भएपछि कुन चल्छन् ? कुन चल्दैनन् ?

काठमाडौं, १९ भदौ । सरकारले सूचीकरण नभएका सामाजिक सञ्जालहरू आजैदेखि बन्द गर्ने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार यो निर्णयसँगै टिकटक, भाइबर, निम्बुज, वीटक र ओपोलाइभ गरी पाँच वटा प्लेटफर्म चल्नेछन् । हालसम्म सूचीकरण भइसकेका यी पाँच वटा प्लेटफर्म चल्ने भएकाे हाे । मन्त्रालयका अनुसार टेलिग्राम र ग्लोबल लिंक दर्ताको प्रक्रियामा छन् ।

बिहीबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले सूचीकरण नभएका फेसबुक लगायतका सामाजिक सञ्जाल भने बन्द गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतको आदेश परिपालन गरिएको जनाउँदै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले क्रमश: बन्द गरिने सूचनामार्फत जानकारी गराएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार, सूचीकरणका लागि नआएका प्लेटफर्महरूलाई नेपालभरत नचल्नेगरी रोक लगाउन लागिएको हो । त्यस्तै, बन्द गरिने सञ्जालहरू सूचीकृत गरिएको खण्डमा पुन: खोलिने पनि सरकारले जनाएको छ ।

सञ्चार मन्त्रालयमा सूचीकृत नभएका यी सञ्जाल, जुन बन्द हुनेछन्

–फेसबुक,–म्यासेन्जर,–इन्स्टाग्राम,–युट्युब,–ह्वाट्सएप,–ट्वीटर,–लिंक इड,–स्न्याप चयाट,–रेडिट,–डिस्कर्ड,–पिन्ट्रेस्ट,–सिग्नल,–थ्रेड,–वी च्याट,–कोरा,–सम्ब्लर,–क्लब हाउस,–मास्टर डन,–रम्बल,–मि वी,–मि भिके,–लाइन,–इमो,–जालो,–सोल, –हाम्रो पात्रोलगाएतका छन् ।