सुनको मूल्यमा नयाँ कीर्तिमान, ताेलाकाे २ लाख १७ हजार नाघ्यो
काठमाडाैं, ३१ भदाै । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेकाे छ । सुनको मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ९०० रुपैयाँले बढेर २ लाख १७ हजार १०० रुपैयाँ पुगेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले चाँदीको मूल्य पनि बढेर २ हजार ५९५ रुपैयाँ पुगेको जनाएकाे छ।
जुन हालसम्मकै उच्च हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो भने अघिल्लो दिनको तुलनामा मात्रै १ हजार ९०० रुपैयाँ बढेको छ । सोमबार सुनको मूल्य तोलामा २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको थियो ।