राष्ट्रिय सम्मानका साथ जेनजी आन्दाेलनका मृतकहरूकाे अन्त्येष्टि

काठमाडौं, ३१ भदाै । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

मृतकका परिवारका सदस्य र आफन्तहरूले शवयात्रासहित आर्यघाट पुगेर शवलाई ससम्मान अन्त्येष्टि गरिएको हो ।

आर्यघाट पुर्‍याएका शवलाई सुरक्षा निकायले सलामी अर्पण गरिएकाे थियाे भने गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका छन् ।

सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र राष्ट्रिय शोक स्वरुप असोज १ गते सार्वजनिक बिदा दिने लगायतका निर्णय गरेको थियो ।