प्रधानमन्त्री कार्की राष्ट्रपति भेट्न शीतल निवासमा

काठमाडौं, ८ असाेज । प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुग्नुभएकाे छ ।

पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारको काम कारबाही, फागुन २१ का लागि तय भएको प्रतिनिधि सभाको निर्वाचनलगायतको विषयमा छलफलका गर्नका लागि प्रधानमन्त्री कार्की शीतल निवास पुग्नुभएकाे राष्ट्रपतिको सचिवालयले जनाएको छ।