देशलाई सही बाटोमा फर्काउने एमालेले मात्रै हो : अध्यक्ष ओली

काठमाडौं, ११ असाेज । नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशलाई सही बाटोमा फर्काउने एमालेबाहेक अरूले हुन नसक्ने बताउनुभएकाे छ ।
सत्ताच्युत भएपछि पहिलो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका नेता कार्यकर्तालाई हरेस नखान पनि उहाँले आग्रह गर्नुभएकाे छ ।
उहाँले देश निर्माणमा एकताबद्ध भएर अघि बढ्न आग्रह गर्दै भन्नुभयाे , ‘देश बनाउने एमालेले नै हो। त्यसैले तपाईँहरूले हरेस नखानुहोस्। सिङ्गो देशवासीलाई आग्रह गर्छु, सबै संयमता अपनाउनुस्। राष्ट्र जोगाउन एकता चाहिएको छ, त्यही अनुसार आग्रह गर्छु।’