गुन्डुमा केपी ओलीका लागि जग्गासहित घर निर्माण गरिदिने महेश बस्नेतको घोषणा

भक्तपुर, २३ असोज । नेकपा (एमाले)का पोलिट्व्युरो सदस्य महेश बस्नेतले निवर्तमान अध्यक्ष केपी शर्मा ओलीका लागि स्थायी बसोबास गर्न गुन्डुमा जग्गा उपलब्ध गराउने र घर बनाई दिने बताउनु भएको छ । आज गुन्डुमा आयोजित एक कार्यक्रममा बोल्दै बस्नेतले यस्तो बताउनु भएको हो । उहाँले अब लामो समय भाडाको घरमा नराख्ने र उहाँका लागि स्थानीयले जग्गासहित घर निर्माण गरिदिने बचन दिएको र त्यो छिटै पूरा हुने पनि जानकारी दिनुभयो ।