राष्ट्रिय फुटबल प्रशिक्षक रसको राजीनामा
 
                              काठमाडौँ, १३ कात्तिक । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले पदबाट राजीनामा दिएका छन् । गत वर्ष फागुनमा एक वर्षका लागि रस नेपालको प्रमुख प्रशिक्षक नियुक्त हुनुभएको थियो । यद्यपि आप्mनो सम्झौता सहिन चार महिना बाँकी छँदै रसले राजीनामा दिनुभयो
पछिल्लो समय नेपालको राष्ट्रिय पुरुष फुटबलको प्रदर्शन कमजोर रहेपछि नैतिकताको आधारमा रसले राजीनामा दिएको बताइएको छ । रसको प्रशिक्षकत्वमा नेपालले खेलेका सात अन्तर्राष्ट्रिय खेलमध्ये एकमा मात्र जित हात पारेको थियो । रसको प्रशिक्षकत्वमा नेपालले एक खेलमा जित, चारमा हार र दुई बराबरीमा खेलेको थियो ।
 
                     
                 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			