चितवनको टिकौलीमा पार्किङ गरिराखेको ट्रकमा काठमाडाैं आउँदै गरेकाे बस ठाेक्कियाे, ३३ जना घाइते
काठमाडाैं, १४ कात्तिक । चितवनको भरतपुर महानगरपालिका–९ टिकौलीमा गएराति एउटा ट्रक र दुईवटा बस ठोक्किँदा ३३ जना घाइते भएका छन् ।
गएराति करिब पौने २ बजे इँट्टा लोड गरेर पार्किङ गरिराखेको ना ६ ख ८१३ नम्बरको ट्रकमा गौरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३०० ख ०१२३ नम्बरको डल्फिन यात्रुबाहक बस ठोक्किएको थियो । सोही बसमा जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३०० ख ३९०२ नम्बरको रुद्राक्ष यात्रुबाहक बससमेत ठोक्किएर सडकमा पल्टिएको थियो ।
सशस्त्र प्रहरी बल कार्यालयका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार दुर्घटनालगत्तै सशस्त्र प्रहरी बल, नेपाल नं. १७ गण आँपटारी चितवनबाट खटिएको टोलीले घाइतेहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाएको थियो । घाइतेहरूमध्ये चितवन मेडिकल कलेजमा १५ जना, नेशनल सिटी अस्पतालमा १३ जना र भरतपुर अस्पतालमा ५ जनाको उपचार भइरहेको छ ।
क्रेनको सहायताले बसलाई सडक क्षेत्रबाट हटाएर आज बिहान करिब ३ बजेतिर सडक एकतर्फी खुलाइएको थियो । बा.प्र.०३–००१ख ३९०२ नम्बरको रुद्राक्ष बसका चालक धनुषा जिल्ला शहीद नगरपालिका–४ बस्ने ४३ वर्षीय कृष्ण मण्डललाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।
घाइतेहरूको विवरण:
क) चितवन मेडिकल कलेजमा उपचाररत घाइतेहरू:
१. उदयपुर त्रियुगा न.पा.–१० बस्ने २० वर्षीय सार्थक बाबु श्रेष्ठ ।
२. धनुषा जनकपुर उ.म.न.पा.–१७ बस्ने ३९ वर्षीय सदाकत मिया ।
३. सोही ठाउँ बस्ने ५२ वर्षीय नरेन्द्र शाह ।
४. धनुषा जनकपुर उ.म.न.पा.–७ बस्ने १७ वर्षीय समिर अन्सारी ।
५. धनुषा जनकपुर उ.म.न.पा.–१ बस्ने ४६ वर्षीय बसन्त झा ।
६. धनुषा जनकपुर उ.म.न.पा.–४ बस्ने ४९ वर्षीय मुकेशलाल कर्ण ।
७. सोही ठाउँ बस्ने ३४ वर्षीया अन्जु कर्ण ।
८. सोही ठाउँ बस्ने आरुष कर्ण ।
९. धनुषा लक्ष्मीनियाँ गाउँपालिका–४ बस्ने १९ वर्षीया विद्या चौधरी ।
१०. रौतहट राजदेवी न.पा.–१ बस्ने २० वर्षीय अनिकेत कुमार साह ।
११. रौतहट बृन्दावन न.पा.–३ बस्ने ११ वर्षीय आरभ मिश्र ।
१२. रौतहट राजदेवी न.पा.–१ बस्ने कुष्ण कमार साह ।
१३. रौतहट गौर न.पा.–५ बस्ने ४१ वर्षीय मुकेश कुमार केसरी ।
१४. महोत्तरी पिपरा गाउँपालिका–१ बस्ने गितादेवी यादव ।
१५. महोत्तरी पिपरा गाउँपालिका–१ बस्ने ३७ वर्षीय राम श्रेष्ठ ।
ख) नेशनल सिटी अस्पताल भरतपुरमा उपचाररत घाइतेहरू:
१. धनुषा जनकपुरधाम उ.म.न.पा.–८ बस्ने २८ वर्षीय आलोक कुमार राउत ।
२. धनुषा जलेश्वर न.पा.–५ बस्ने २० वर्षीय आदित्य कुमार सिंह ।
३. सोही ठाउँ बस्ने ४३ वर्षीया रेखा सिंह ।
४. सोही ठाउँ बस्ने २१ वर्षीया अञ्जली सिंह ।
५. रौतहट राजदेवी न.पा.–२ बस्ने २१ वर्षीय मोनु कुमार महतो ।
६. रौतहट गौर न.पा.–९ बस्ने ६६ वर्षीया गम्भिरादेवी ठाकुर ।
७. रौतहट गरुडा न.पा.–७ बस्ने ५० वर्षीय विजय साह ।
८. सोही ठाउँ बस्ने ४० वर्षीय उर्मिला कुमारी साह ।
९. रौतहट बृन्दावन न.पा.–३ बस्ने ६२ वर्षीया सुनितादेवी मिश्रा ।
१०. भारत मोतिहारी बस्ने ३२ वर्षीय सुनिल प्रसाद ।
११. भारत मोतिहारी बस्ने २५ वर्षीया सुभद्रा कुमारी चौधरी ।
१२. भारत मोतिहारी बस्ने ७ वर्षीया पृया जैशवाल ।
१३. भारत मोतिहारी बस्ने ४ वर्षीया कृती जैशवाल ।
ग) भरतपुर सरकारी अस्पतालमा उपचाररत घाइतेहरू:
१. धनुषा लक्ष्मीनियाँ गाउँपालिका–४ बस्ने १९ वर्षीया दिव्या चौधरी ।
२. रौतहट दुर्गाभगवती गाउँपालिका–२ बस्ने ३० वर्षीय राजकिशोर दास ।
३. रौतहट माधवनारायण न.पा.–५ बस्ने १९ वर्षीय रोशी कुमार साह ।
४. सोही ठाउँ बस्ने २५ वर्षीय राजु दास ।
५. भारत मोतिहारी बस्ने २२ वर्षीय महमद साहेब ।