एमाले नेतृत्वका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

काठमाडौँ, १ पुस । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिएको छ।

केन्द्रीय निर्वाचन आयोगले मंगलबार सार्वजनिक गरेको अन्तिम सूचीअनुसार अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच सीधा प्रतिस्पर्धा हुने निश्चित भएको छ।

सहमति नजुटेपछि अध्यक्षसहित अन्य पदाधिकारीमा पनि नेताहरूबीच रस्साकस्सी देखिएको छ।

आयोगले सार्वजनिक गरेको विवरणअनुसार अन्य पदाधिकारीमा पनि तोकिएको पद सङ्ख्याभन्दा दोब्बर बढी उम्मेदवारी परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *