एमालेको राष्ट्रिय महाधिवेशन : मतदानमा ढिलाइ, विद्युतीय मेसिनमा नाम इन्ट्री गर्नै ४-५ घण्टा लाग्ने
काठमाडौं, १ पुस । नेकपा एमालेको नयाँ नेतृत्व छनोटका लागि मतदान प्रक्रियामा ढिलाइ भएको छ।
विद्युतीय मेसिनमा उम्मेदवारहरूको नाम प्रविष्ट गर्ने कार्यमा अझै ४-५ घण्टा लाग्ने बताइएको छ।
सुरुको कार्यक्रम तालिकाअनुसार आज बिहान १० बजेबाट मतदान सुरु हुनुपर्ने थियो। तर, अहिलेसम्म पनि मतदान प्रक्रिया सुरु हुन सकेको छैन।
पहिला १० बजेबाट १ बजेसम्म मतदान हुने भनिए पनि पछि ४ बजेसम्मका लागि सारिएको थियो। सुरुमा आएको उम्मेदवारको सूचीमा फेरबदल भएर फेरि नयाँ सूची आएपछि नाम प्रविष्ट गर्नलाई नै ४-५ घण्टा लाग्ने भएकाे हाे ।