एमाले महाधिवेशन: नेतृत्व चयनका लागि आज बिहान ८ बजेपछि मतदान

काठमाडौँ, २ पुस । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज (बुधबार) बिहान ८ बजेदेखि मतदान हुँदैछ। मंगलबार प्राविधिक कारणले स्थगित भएको मतदान प्रक्रिया आज सुरु हुन लागेको हो।

मंगलबार बिहान १० बजेदेखि नै मतदानको तालिका रहे पनि समय सर्दै गएको थियो। साँझपख मतदानका लागि २ घण्टासम्म लाइनमा बसेका महाधिवेशन प्रतिनिधिहरूलाई अन्तिम समयमा मतदान स्थगित भएको सूचना दिइएको थियो। विद्युतीय भोटिङ मेसिनमा उम्मेदवारहरूको विवरण प्रविष्ट गर्ने क्रममा प्राविधिक समस्या देखिएपछि हिजोको कार्यक्रम रद्द गरिएको थियो।

निवर्तमान महासचिव शंकर पोखरेलले प्राविधिक समस्या हल गरी आज बिहान ८ बजेदेखि मतदान सुचारु गरिने जानकारी दिनुभएकाे छ ।

एमालेको नयाँ नेतृत्वका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच मुख्य प्रतिस्पर्धा हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *