एमालेको मतदानमा चीट र मोबाइल लान बन्देज

काठमाडौं, २ पुस । नेकपा एमालेले नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा निर्वाचन आयोगले मतदानको गोपनीयता र निष्पक्षता कायम गर्न चीट र मोबाइल लानको लागि बन्देज लगाएको छ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आजै बेलुका १० बजेभित्रै मतदानको नतिजा आइसक्ने अनुमान गरेको छ।

गौतमले भने, मतदान सकिएपछि दुई घण्टामा नतिजा आउँछ। यही रफ्तारमा मतदान भए १० बजे अगाडि नै नतिजा आउँछ। महत्त्वपूर्ण प्रस्तावहरूलाई पनि पारित गरेर महाधिवेशनलाई आजै औपचारिक रूपमा समापन गर्ने दिशातिर गइरहेका छौँ।

मतदानस्थलको लागि आजसम्मको मात्र समय व्यवस्थापन गरिएको र विशेष अनुरोध गरेर मिलाइएकाले आजै महाधिवेशन सक्नुपर्ने बाध्यता रहेको गौतमले बताउनुभयो। एमालेको ३०१ सदस्यीय नेतृत्व चयनका लागि २२ सय ६३ मतदाता सहभागी छन्। केही सदस्य भने निर्विरोध भइसकेका छन्।