एमाले हाँक्ने यी हुन ओलीका १८ सारथि

काठमाडौं, ३ पुस । मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको नेकपा (एमाले)को ११ औँ महाधिवेशन आज निर्वाचन सम्पन्न भएसँगै मत परिणाम आउने क्रम जारी छ । अहिलेसम्म पदाधिकारीको मत सार्वजनिक भएको छ । पदाधिकारीमा केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिस्पर्धा भएको थियो । १९ जनाको पदाधिकारीमा पोखरेल प्यानलका दुई जना विजयी हुँदा बाँकी १७ जना भने ओली प्यानलकै विजयी हुनुभएको छ ।

फेरिएको पछिल्लो राजनीतिक अवस्थासँगै भएको यो महाधिवेशनबाट निर्वाचित नेतृत्वले थप आशा जगाउँदै पार्टीलाई शक्तिशाली बनाएर अघि बढ्नुपर्ने बाध्यता छ । यस्तो अवस्थामा ओलीले तेस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित बनेर तीन पुस्ताको समायोजनसहितको टीमलाई हाँक्नुपर्ने दायित्व पनि छ । ओली अध्यक्षमा १६ सय ६३ मतसहित विजयी हुनुभयो । उहाँको विजयसँगै अब उहाँले टीमलाई शसक्त ढंगले अघि बढाउनुपर्ने गहन जिम्मेवारी देखिएको छ । उहाँका प्रतिस्पर्धी ईश्वर पोखरेल ५ सय ६४ मतसहित पराजित हुनुभयो । उहाँहरुको मतको फरक १०९९ छ ।

अध्यक्षमा ओली विजयी हुँदा उपाध्यक्षमा गोकर्णराज विष्ट १३ सय ६८ मतसहित विजयी हुनुभयो । पाँच उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङले १७३७ र रघुजी पन्तले १२५८ पाउँदा रामबहादुर थापा बादल १५१६ मतसहित विजयी हुुनुभयो । त्यसैगरी ओलीको टिमलाई कार्यकारीरुपमा हाँक्ने महासचिवमा शंकर पोखरेल विजयी हुनुभयो । उहाँले १२ सय २८ मतसहित विजयी हात पार्दा उहाँका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९ सय ९९ मत ल्याउनुभयो । उहाँहरुको फरक मत २ सय २९ रहेको छ । उपमहासचिवमा योगेश भट्टराइले १३४८ मत ल्याउनुभयो भने रघुविर महासेठ १३६८ मतसहित विजयी हुँदा लेखराज भट्ट १४५२ मतसहित विजयी हुनुभयो । तीन उपमहासचिवमा भट्टराई मात्रै पोखरेल प्यानलको हुनुहुन्छ ।

त्यसैगरी सचिवमा महेश बस्नेत १५३४ सहित विजयी हुँदा पद्मा कुमारी अर्यालले १५३० मत ल्याएर विजयी हुनुभयो । त्यसैगरी छविलाल विश्वकर्मा १५०६, शेरधन राई १५०३,। हिक्मत कुमार कार्की १३३७, खगराज अधिकारी, १३३१ मतसहित विजयी हुँदा यमलाल कडेल ११८५ र राजन भट्टराई ११८१ मतसहित विजयी हुनुभयो । त्यसैगरी भानुभक्त ढकाल ११०८ मतसहित विजयी हुनुभयो ।