नेकपा एमालेकाे अध्यक्षमा तेस्रो पटक ओली निर्वाचित, शपथ ग्रहणको तयारी

काठमाडौँ, ३ पुस । नेकपा (एमाले) को ११ औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली पुनः निर्वाचित हुनुभएको छ ।

आफ्ना प्रतिस्पर्धी ईश्वर पोखरेललाई भारी मतान्तरले पराजित गर्दै ओली तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएकाे हो ।

नवनिर्वाचित भएसँगै महाधिवेशनस्थल भृकुटीमण्डपमा अहिले शपथ ग्रहणको तयारी भइरहेको छ । अध्यक्ष ओलीले शपथ लिनुभएपछि अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।

पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई मात्र विजयी हुनुभएको छ भने सचिवसहित अन्य अधिकांश पदमा ओली प्यानलका उम्मेदवार निर्वाचित भएका छन् ।