प्रचण्डलाई पार्टीको नाम र माधवलाई पार्टी घाँडो भइरहेको थियो : अध्यक्ष ओली

काठमाडौँ, ३ पुस । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पुनः अध्यक्षमा निर्वाचित भएलगत्तै अन्य कम्युनिस्ट घटकहरूप्रति कडा आलोचना गर्नुभएका छन् ।

बिहीबार ११औँ महाधिवेशनबाट अध्यक्षमा विजयी भएपछि सम्बोधन गर्दै उहाँले तत्कालीन नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादीलगायत मिलेर बनेको ‘नेपाली कम्युनिस्ट पार्टी (नेकपा)’ को गठनलाई ‘नाटक’ को संज्ञा दिनुभयाे ।

अध्यक्ष ओलीले बाध्यात्मक परिस्थितिलाई एकताको नाम दिएको टिप्पणी गर्दै भन्नुभयाे “प्रचण्डलाई पार्टीको नाम घाँडो भइरहेको थियो भने माधव नेपाललाई एकीकृत समाजवादी पार्टी चलाउन मुस्किल परिरहेको थियो,” यस्तो अवस्थामा उनीहरूले गरेको पार्टी एकीकरण केवल नाटक मात्र हो।

उहाँले दुवै नेताले आ–आफ्नो अस्तित्व सङ्कटमा परेको देखेर एकताको भ्रम छरेको बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *