अमेरिकी डलरको मूल्यमा वृद्धि: यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १५ पुस । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आजका लागि निर्धारित दरअनुसार अमेरिकी डलरको मूल्यमा अघिल्लो दिनको तुलनामा वृद्धि भएको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४४ रुपैयाँ २७ पैसा कायम गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ र बिक्रीदर १६९ रुपैयाँ ७० पैसा तोकिएको छ।

युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६९ पैसा रहेको छ भने स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ७० पैसा र बिक्रीदर १८२ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ। अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६४ पैसा कायम भएको छ।

खाडी मुलुकका मुद्राहरूमा साउदी रियाल एकको खरिददर ३८ रुपैयाँ ३० पैसा र बिक्रीदर ३८ रुपैयाँ ४६ पैसा, कतारी रियाल ३९ रुपैयाँ ४१ पैसा (खरिद) र ३९ रुपैयाँ ५८ पैसा (बिक्री) तथा युएई दिराम एकको खरिददर ३९ रुपैयाँ १२ पैसा र बिक्रीदर ३९ रुपैयाँ २८ पैसा रहेको छ।

यसैगरी, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५३ पैसा तथा भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *