अमेरिकी डलरको भाउ सामान्य घट्यो: यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, १६ पुस । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आजका लागि निर्धारित दरअनुसार अमेरिकी डलरको मूल्य अघिल्लो दिनको तुलनामा सामान्य घटेको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९७ पैसा कायम गरिएको छ। हिजो मंगलबार डलरको खरिददर १४३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४४ रुपैयाँ २७ पैसा रहेको थियो।
अन्य प्रमुख मुद्राहरूमा युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४७ पैसा तोकिएको छ। युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १९४ रुपैयाँ ५७ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ११ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ।
खाडी मुलुकका मुद्राहरूमा साउदी रियाल एकको खरिददर ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३९ पैसा, कतारी रियाल ३९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५० पैसा तथा युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३९ रुपैयाँ २० पैसा कायम भएको छ।
यसैगरी, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५७ पैसा तथा भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने र वाणिज्य बैंकहरूले तोक्ने दर केही फरक हुन सक्ने जनाएको छ।