अमेरिकी डलरले रच्यो नयाँ इतिहास : हालसम्मकै उच्च बिन्दुमा पुग्यो मूल्य
काठमाडौँ, २२ पुस । नेपाली बजारमा अमेरिकी डलरको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । नेपाल राष्ट्र बैंकले आज मङ्गलवारका लागि निर्धारण गरेको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ उकालो लागेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७५ पैसा तोकिएको छ । पछिल्लो समय डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर बन्दै जाँदा यसले नयाँ कीर्तिमान बनाएको हो ।
यस्तै, अन्य प्रमुख मुद्राहरूमा युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ४० पैसा र बिक्रीदर १६९ रुपैयाँ १० पैसा कायम भएको छ । युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९४ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७७ पैसा रहेको छ ।
खाडी मुलुकका मुद्राहरूमा साउदी रियाल एकको खरिददर ३८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५९ पैसा, कतारी रियाल ३९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७१ पैसा तथा युएई दिराम ३९ रुपैयाँ २५ पैसा (खरिद) र ३९ रुपैयाँ ४१ पैसा (बिक्री) कायम भएको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ४० पैसा र बिक्रीदर ३५ रुपैयाँ ५४ पैसा तोकिएको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा स्थिर छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने र वाणिज्य बैंकहरूले तोक्ने दर केही फरक हुन सक्ने जनाएको छ ।