आजको विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर र रियालको भाउ बढ्यो, यस्तो छ आजको सूची

काठमाडौँ, २ माघ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको नयाँ दर अनुसार आज अमेरिकी डलरसहित केही प्रमुख विदेशी मुद्राको मूल्यमा सामान्य वृद्धि भएको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा कायम गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ४४ पैसा तोकिएको छ ।

बेलायती मुद्रा पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३३ पैसा पुगेको छ । त्यस्तै, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ ०७ पैसा र बिक्रीदर १८० रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ ।

अन्य देशका मुद्राहरूकाे विनिमय दर यस्ताे छ :
अष्ट्रेलियन डलर: खरिद ९६ रुपैयाँ ५७ पैसा, बिक्री ९६ रुपैयाँ ९७ पैसा ।
क्यानेडियन डलर: खरिद १०३ रुपैयाँ ७४ पैसा, बिक्री १०४ रुपैयाँ १७ पैसा ।
सिङ्गापुर डलर: खरिद ११२ रुपैयाँ, बिक्री ११२ रुपैयाँ ४७ पैसा ।
जापानी येन (१०): खरिद ९ रुपैयाँ १० पैसा, बिक्री ९ रुपैयाँ १३ पैसा ।
चिनियाँ युआन: खरिद २० रुपैयाँ ६९ पैसा, बिक्री २० रुपैयाँ ७८ पैसा ।
खाडी तथा श्रम गन्तव्य मुलुकका मुद्राको दर:
वैदेशिक रोजगारीका लागि महत्त्वपूर्ण मानिने खाडी मुलुकका मुद्रा र अन्य देशको विनिमय दर आज यसप्रकार छ:
साउदी रियाल: खरिद ३८ रुपैयाँ ४४ पैसा, बिक्री ३८ रुपैयाँ ६० पैसा ।
कतारी रियाल: खरिद ३९ रुपैयाँ ४५ पैसा, बिक्री ३९ रुपैयाँ ६१ पैसा ।
यूएई दिराम: खरिद ३९ रुपैयाँ २५ पैसा, बिक्री ३९ रुपैयाँ ४२ पैसा ।
मलेसियन रिङ्गेट: खरिद ३५ रुपैयाँ ५६ पैसा, बिक्री ३५ रुपैयाँ ७१ पैसा ।
कुवेती दिनार: खरिद ४७१ रुपैयाँ ४८ पैसा, बिक्री ४७३ रुपैयाँ ४५ पैसा ।
दक्षिण कोरियन वन (१००): खरिद ९ रुपैयाँ ८२ पैसा, बिक्री ९ रुपैयाँ ८६ पैसा ।
भारतीय रुपैयाँ:
नेपाली बजारमा भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत रहेको छ ।