सुनचाँदीको मूल्यमा वृद्धि, प्रतितोला २ लाख ७७ हजार २०० पुग्यो

काठमाडौँ, २ माघ । नेपाली बजारमा सुन र चाँदीको मूल्य बढ्ने क्रमले शुक्रबार पनि निरन्तरता पाएको छ । विगत पाँच दिनदेखि निरन्तर उकालो लागेको सुनको मूल्य आज पनि सामान्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७७ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ । बिहीबार प्रतितोला दुई लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ७०० रुपैयाँले वृद्धि भएको हो ।

यस्तै चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ । बिहीबार प्रतितोला पाँच हजार ४८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १६० रुपैयाँले बढेर पाँच हजार ६४५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

यस हप्ता सुनको मूल्यमा निकै उतारचढाव देखिएको छ । गत आइतबार प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको सुन सोमबार र मङ्गलबार बढ्दै बुधबार दुई लाख ७८ हजार रुपैयाँको उच्च विन्दुमा पुगेको थियो । बिहीबार केही घटे पनि आज पुनः मूल्य बढेको हो ।