अमेरिकी डलरको मूल्यमा फेरी नयाँ रेकर्ड : हालसम्मकै उच्च बिन्दुमा पुग्यो भाउ, यस्तो छ आजको विनिमय दर
काठमाडौँ, ४ माघ । नेपाली बजारमा अमेरिकी डलरको मूल्यले पुनः ऐतिहासिक रेकर्ड कायम गरेको छ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि तय गरेको विदेशी मुद्राको विनिमय दर अनुसार डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा तोकिएको छ । यो मूल्य नेपाली मुद्राको इतिहासमा डलरको सबैभन्दा महँगो दर हो । पछिल्लो समय विश्व बजारमा डलर बलियो बन्दै जाँदा नेपाली रुपैयाँको अवमूल्यन हुने क्रम जारी छ ।
प्रमुख मुद्राहरूको दर:
युरोपियन युरो: खरिद १६८ रुपैयाँ ५९ पैसा, बिक्री १६९ रुपैयाँ २९ पैसा ।
युके पाउण्ड स्ट्रलिङ: खरिद १९४ रुपैयाँ ५१ पैसा, बिक्री १९५ रुपैयाँ ३१ पैसा ।
स्वीस फ्रयाङ्क: खरिद १८० रुपैयाँ ९७ पैसा, बिक्री १८१ रुपैयाँ ७१ पैसा ।
अष्ट्रेलियन डलर: खरिद ९७ रुपैयाँ ३२ पैसा, बिक्री ९७ रुपैयाँ ७२ पैसा ।
क्यानेडियन डलर: खरिद १०४ रुपैयाँ ४९ पैसा, बिक्री १०४ रुपैयाँ ९२ पैसा ।
चिनियाँ युआन: खरिद २० रुपैयाँ ८२ पैसा, बिक्री २० रुपैयाँ ९० पैसा ।
खाडी तथा श्रम गन्तव्य मुलुकका मुद्रा:
वैदेशिक रोजगारीमा रहेका र रेमिट्यान्स पठाउने नेपालीहरूका लागि महत्त्वपूर्ण मानिने खाडी मुलुक र अन्य देशका विनिमय दर आज यसप्रकार छ:
साउदी रियाल: खरिद ३८ रुपैयाँ ६९ पैसा, बिक्री ३८ रुपैयाँ ८५ पैसा ।
कतारी रियाल: खरिद ३९ रुपैयाँ ८३ पैसा, बिक्री ४० रुपैयाँ ।
यूएई दिराम: खरिद ३९ रुपैयाँ ५० पैसा, बिक्री ३९ रुपैयाँ ६७ पैसा ।
मलेसियन रिङ्गेट: खरिद ३५ रुपैयाँ ७६ पैसा, बिक्री ३५ रुपैयाँ ९१ पैसा ।
कुवेती दिनार: खरिद ४७४ रुपैयाँ ४६ पैसा, बिक्री ४७६ रुपैयाँ ४२ पैसा ।
दक्षिण कोरियन वन (१००): खरिद ९ रुपैयाँ ८५ पैसा, बिक्री ९ रुपैयाँ ८९ पैसा ।
नेपाली बजारमा भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत रहेको छ ।