सुनको मूल्यमा ऐतिहासिक वृद्धि: प्रतितोला २ लाख ७७ हजार ८०० रुपैयाँ पुग्यो

काठमाडौँ, ४ माघ । नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ।  अन्तर्राष्ट्रिय बजारको प्रभावले सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ८०० रुपैयाँ कायम भएको छ। यो मूल्य अहिलेसम्मकै उच्च हो।

गत बिहीबार सुन प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार बढेर २ लाख ७७ हजार २०० रुपैयाँ पुगेको थियो। आज आइतबार पुनः ६०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो।

सुनको मूल्य निरन्तर बढिरहँदा चाँदीको मूल्यमा भने केही उतारचढाव देखिएको छ। आज चाँदी प्रतितोला ५ हजार ६२५ रुपैयाँ निर्धारण गरिएको छ। शुक्रबार चाँदी प्रतितोला ५ हजार ६४५ रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *