सुनसरीको इटहरीस्थित पूर्वाञ्चल क्याफेमा आगलागी
काठमाडौं, ११ चैत । सुनसरीको इटहरीस्थित पूर्वाञ्चल क्याफेमा बुधबार बिहान आगलागी भएको छ। इटहरी उपमहानगरपालिकाअन्तर्गत आइतबारेमा रहेको क्याफेमा आगलागी भएको हो।
प्रहरीका अनुसार इटहरी चोकको गोर्खा डिमार्टमेन्टनजिकै रहेको पूर्वाञ्चल क्याफे कोसी प्रदेशमै सर्वाधिक चलेको क्याफे हो। घटनाको विस्तृत विवरण आउन बाँकी छ।