घले दम्पती फेरि अष्ट्रेलियाको सर्वाधिक धनीको सूचीमा
काठमाडौं, ११ चैत । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष तथा व्यवसायी शेष घले र जमुना गुरुङ फेरि अष्ट्रेलियाको सर्वाधिक धनीको सूचीमा परेका छन् । सन् २०२६ मा पनि घले दम्पती धनीको सूचीमा परेका हुन् ।
सन् २००९ मा पहिलो पटक शीर्ष २५० धनीहरूको सूचीमा प्रवेश गरेका उनीहरु लगातार १८ वर्षदेखि सर्वाधिक सूचीको लिष्टमा रहँदै आएका छन् ।
घले दम्पतीले मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी स्थापना गरी शिक्षा र घरजग्गा व्यवसायमा संलग्न छन् । द अष्ट्रेलियनले सार्वजनिक गरेको सन् २०२६ मा अष्ट्रेलियाका धनी र शीर्ष कमाइ गर्नेहरूको सूचीमा घले र गुरुङ क्रमशः १५०औं र १५१ औं स्थानमा रहेका छन् ।
घले दम्पती मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजीका सहसंस्थापक हुन् । द अष्ट्रेलियनका अनुसार घले दम्पतीले संयुक्त रूपमा १ अर्ब २१ करोड डलर सम्पत्ति जोडेका छन् ।