९२ वर्षीया धनि बुढाथोकीको टिप्परको ठक्करबाट मृत्यु

काठमाडौं, ११ चैत । टिप्परको ठक्करबाट एक जना वृद्धाको मृत्यु भएको छ । गुल्मीको रेसुङ्गा नगरपालिका–१३ भंगेरीस्थित तम्घास–रिडी पक्की सडक खण्डमा तम्घासतर्फबाट चारपाला जाँदै गरेको लु १ क ४५४७ नम्बरको सुजता कन्स्ट्रक्सनको टिप्परले पैदल हिंडिरहेकी ९२ वर्षीया धनि बुढाथोकीलाई ठक्कर दिएको थियो । उहाँको उपचारको क्रममा मृत्यु भएको हो । उहाँलाई बायाँ खुट्टा र हातमा गम्भीर चोट लागेको थियो । थप उपचारका लागि पाल्पा मिसन अस्पतालमा लगिएको र उपचारको क्रममा उहाँको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।