सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेप्से शुक्रवार पनि खुल्ने
काठमाडौं, २३ चैत । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) शुक्रवार पनि खुल्ने भएकाे छ ।सञ्चालक समितिको बैठकले शुक्रवार नेप्से कारोबार सञ्चालन गर्ने निर्णय गरेको हो ।
नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले आइतबारको सट्टा शुक्रवार कारोबार खोल्ने निर्णय गरिएको जानकारी दिए । उहाँले भन्नुभयाे, ‘सरकारले आइतबार बिदा दिने निर्णय गरेपछि यसदिन शेयर कारोबार पनि बन्द हुन्छ । जसले गर्दा शुक्रवार कारोबार खोल्ने निर्णय भएको छ ।’
यसअघि शुक्रवार शेयर कारोबार बन्द हुने गरेको थियो । साताको पाँच दिन आइतबारदेखि बिहीबारसम्म शेयर कारोबार हुँदै आएकोमा अब सोमबारदेखि शुक्रवारसम्म कारोबार हुने भएको छ ।