कालीमाटीमा नदी किनारका बस्तीमा बिहानै डाेजर : तरकारी बजारमा सवारी प्रवेशमा रोक
काठमाडौँ, १८ वैशाख । काठमाडौँकाे कालीमाटी नदी किनारमा रहेका बस्तीहरूमा सरकारको दोस्रो चरणको अभियान भन्दै आज बाट डाेजर चलाउन सुरु भएको छ।
कालीमाटी नदी किनारका अनधिकृत संरचना र बस्ती हटाउन सरकारले डोजर चलाउने तयारी गरेसँगै सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ।
बस्ती हटाउने अभियानको प्रत्यक्ष प्रभाव कालीमाटी तरकारी बजारमा परेको छ। बागमती नदी किनारमा डोजर चल्ने भएपछि अहिले कालीमाटी तरकारी बजारभित्र सवारीसाधन प्रवेशमा पूर्ण रोक लगाइएको छ। बजारभित्र रहेका सवारीसाधनहरूलाई बाहिर निस्कन दिइए पनि नयाँ सवारीसाधनलाई भित्र जान रोक लगाइएको छ। यसले गर्दा बजार आसपासको क्षेत्रमा सवारी चाप समेत बढेको छ।
सम्भावित झडप वा अवरोधलाई मध्यनजर गर्दै नदी किनारका क्षेत्रहरूमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
पहिलो चरणको कार्यक्रम सम्पन्न भएपछि आजबाट दोस्रो चरणअन्तर्गत बागमती र यसका सहायक नदी किनारका बस्तीहरूमा सरकारी डोजर चल्न लागेको हो।