आईसीसी लिग–२: यूएईविरुद्ध टस जितेर नेपाल ब्याटिङ गर्दै, टोलीमा चार परिवर्तन

काठमाडौँ, १८ वैशाख । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय शृङ्खलामा नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध प्रतिस्पर्धा गरिरहेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्। जारी शृङ्खलामा नेपाल र यूएईबीचको यो दोस्रो भेट हो। यसअघि भएको पहिलो खेलमा नेपालले यूएईलाई ३७ रनले पराजित गरेको थियो। आज पनि नेपाल सोही लयलाई निरन्तरता दिँदै जित निकाल्ने दाउमा छ।

आजको खेलका लागि नेपाली प्लेइङ–११ (अन्तिम एघार) मा चारवटा परिवर्तन गरिएको छ। मुख्य खेलाडीहरू कुशल भुर्तेल, आसिफ शेख, करण केसी र बसिर अहमदलाई आजको खेलमा विश्राम दिइएको छ।

उनीहरूको स्थानमा अर्जुन कुमाल, अनुभवी विकेटकिपर ब्याटर विनोद भण्डारी, नन्दन यादव र स्पिनर ललितनारायण राजवंशीलाई टोलीमा समावेश गरिएको छ।

त्यसैगरी, टोलीका अन्य खेलाडीहरूमा कप्तान रोहितकुमार पौडेलसहित भीम सार्की, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी र सन्दीप लामिछाने रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *