एमाले सचिवालय बैठक अझै जारी

काठमाडौँ, १० जेठ । नेकपा (एमाले)को तेस्रो दिनको केन्द्रीय सचिवालय अझै बिहान जारी छ । विहान ११ बजे सुरु भएको बैठक अझै सकिएको छैन । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा सुरु भएको बैठक अहिले पनि जारी रहेको एमालेले जानकारी दिएको छ ।

आजको बैठकमा चारजना सचिवहरुले धारणा राखेका थिए । भानुभक्त ढकाल,शेरधन राई,यामलाल कडेंल र खगराज अधिकारीले आज बैठकमा आफ्ना भनाइ राख्नु भएको थियो । अन्य १४ जना नेताहरुले अस्ती र हिजो बोलेका थिए । सबै सचिवालय सदस्यले आ–आफ्ना धारणा राखेपछि अध्यक्ष ओलीले आफ्ना धारणासहित ती प्रश्नहरुको जवाफ दिइरहनु भएको एक पदाधिकारीले जानकारी दिए ।