काठमाडौं महानगरको आर्थिक वर्ष २०८३–०८४ का लागि नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित, बजेट असार ४ मा घोषणा गर्ने
काठमाडौं, १ असार । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले आइतबार आर्थिक वर्ष २०८३–०८४ का लागि नीति तथा कार्यक्रम पेश गर्नुभएको छ । राष्ट्रिय सभा गृहमा आयोजित नगर सभाको १९ औँ अधिवेशन वैठकमा उहाँले महानगरपालिकाको दीर्घकालीन सोच, उद्देश्य र योजना, तथा चालु आर्थिक वर्ष २०८२–०८३ मा सम्पन्न नभएका वहुवर्षिय कार्यक्रमलाई सम्बोधन गर्ने नीतिलाई निरन्तरता दिँदै ११ क्षेत्र समेटेर १०१ बुँदामा नीति पेश गर्नुभएको थियो ।
नीति तथा कार्यक्रममा सुशासन तथा शासकीय प्रबन्ध, सामाजिक विकास, शिक्षा युवा तथा खेलकुद, सुलभ स्वास्थ्य सेवा, वातावरण तथा सरसफाइ, राजस्व परिचालन, सहरी योजना, पूर्वाधार तथा सहरी विकास, सम्पदा संस्कृति तथा पर्यटन, सञ्चार तथा सूचना प्रविधि र उपभोक्ता हित विधा समेटिएका छन् ।
सभामा पेश भएको नीति तथा कार्यक्रम ५१ औँ कार्यपालिका बैठकमा छलफल गरेर नगर सभामा पेश गर्ने निर्णय भएको थियो । सोही निर्णय अनुसार आज नीति तथा कार्यक्रममाथि छलफल भएको थियो । छलफलपछि कार्यबाहक मेयर डंगोलले आर्थिक वर्ष २०८३–०८४ का लागि नीति तथा कार्यक्रममाथि राखेका सल्लाह–सुझावलाई धन्यवाद दिदैँ ती सल्लाह, सुझाव स्वागतयोग्य भएको उल्लेख गर्नुभयो । ‘यहाँहरुले राख्नु भएको राय, सल्लाह, सझावलाई आधार बनाएर नीति तथा कार्यक्रम र बजेट त्यसको साथसाथै हामीले बनाउने आर्थिक विधेयक र विनियोजन विधेयकमा पनि यहाँहरुले राख्नु भएको राय, सुझावले योगदान पुर्याउने छ,’ उहाँले भन्नुभयो, ‘जसले गर्दा काठमाडौं महानगरपालिकाबासीले साच्चिकै काठमाडौं महानगरपालिका बासीले गरिरहेको कामको आभास गर्न सक्नेछन् ।’
उहाँले प्राप्त केही सल्लाह, सुझाव महानगरपालिकाले बनाएको ऐन, कानुनलाई पनि संशोधन गर्नुपर्ने खालका आएको भने त्यस्ता सुझाव राख्ने कार्यपालिका सदस्यलाई पनि धन्यववाद निुभयो । उहाँले त्यसका लागि पनि अघि बढ्ने आश्वासन दिनुभयो । ‘हामीले सुशासनसँगै हामीले गर्ने सेवा छिटो, छरितो जनतामुखी सँगै सरल र सह होस भन्ने पनि चाहन्छु,’ उहाँले भन्नुभयो, ‘तपाईँहरुले दिएको नवीन र सिर्जनात्मक सुझाव पक्कै पनि उपयोगी छन् । जसलाई नीति, कार्यक्रम र सँगसँगै बजेट र हामीले बनाउने ऐनकानुनहरुमा ध्यान पुरयाएने छ,’ उहाँले भन्नुभयो, ‘तपाईँहरुको सुझावलाई यथासंभव समेट्ने गरी आर्थिक वर्ष २०८३–०८४ का लागि नीति तथा कार्यक्रम संशोधनसहित पारित गर्न पेस गर्दछु ।’
उहाँले प्रस्ताव गरेको आर्थिक वर्ष २०८३–०८४ का लागि नीति तथा कार्यक्रम संशोधनसहित पारितका लागि सर्वसम्मतिका लागि रुपमा हुन्छ भनेर कार्यपालिका सदस्यहरुले स्वीकार गर्नुभयो ।
उहाँले आर्थिक वर्ष २०८३–०८४ का लागि नीति तथा कार्यक्रम संशोधनसहित पारित भएपछि सो नीति तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि आर्थिक वर्ष २०८३–०८४ को कार्यक्रम र बजेट, आर्थिक विधेयक २०८३, विनियोजन विधेयक २०८३ समेत प्रस्तुत गर्न असार ४ गते दिँउसो ३ बजे तेस्रो बैठक बस्ने जानकारी गराउनुभयो ।