सुनको मूल्यमा भारी गिरावट: तोलामा १० हजार ५०० रुपैयाँले घट्यो

काठमाडौँ, ५ असार । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य एकैदिन तोलामा १० हजार ५०० रुपैयाँले घटेको हो।

महासङ्घले निर्धारण गरेको नयाँ मूल्यसूची अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार सुन प्रतितोला २ लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै आज चाँदीको मूल्यमा पनि मन्दी देखिएको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ६४० रुपैयाँ कायम भई कारोबार भएको महासङ्घले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *