सुनको मूल्य बढ्याे, चाँदीकाे भने घट्यो

काठमाडौँ, १२ असार । बिहीबार भारी गिरावट आएको सुनको मूल्यमा साताको अन्तिम दिन शुक्रबार केही सुधार देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले वृद्धि भएको हो।

महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ३०० रुपैयाँ कायम थियो। बिहीबार मात्रै सुनको भाउ एकैदिन ५ हजार २०० रुपैयाँले घटेर नयाँ रेकर्ड कायम गरेको थियो।

सुनको भाउ बढ्दा चाँदीको मूल्यमा भने गिरावट आएको छ। बिहीबार प्रतितोला ४ हजार २३५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ५५ रुपैयाँले घटेर ४ हजार १८० रुपैयाँमा झरेको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च विन्दुमा छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १२ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ।