सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भाउ बढ्यो
काठमाडौँ, १३ साउन । स्थानीय बजारमा बुधबार सुनको मूल्यमा केही गिरावट आएको छ भने चाँदीको मूल्य बढेको छ। हिजो मङ्गलबारको तुलनामा सुनको मूल्य प्रतितोला रु एक हजारले घटेको छ भने चाँदीको मूल्य प्रतितोला रु १० ले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ८३ हजार २०० निर्धारण गरिएको छ। यसैगरी, चाँदीको मूल्य प्रतितोला रु चार हजार ३२० तोकिएको छ।
हिजो मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार २०० र चाँदी प्रतितोला रु चार हजार ३१० मा कारोबार भएको थियो। त्यसैगरी, गत सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार ५०० र चाँदी रु चार हजार ४४५ मा खरिदबिक्री भएको थियो।