प्रधानमन्त्री बालेनमाथि सांसद घतानीको कडा प्रहार : ‘फेसबुकको भ्युज बढाउन राष्ट्रलाई सम्बोधन गरेको हो?’

काठमाडौँ, २५ साउन । नेकपा एमालेकी सांसद निता घतानीले प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा गर्ने सम्बोधनको शैलीलाई लिएर गम्भीर प्रश्न उठाएकी छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद घतानीले प्रधानमन्त्रीले आधिकारिक सरकारी संयन्त्रलाई बाइपास गरेर आफ्नो व्यक्तिगत फेसबुक पेजमार्फत सम्बोधन गरेको भन्दै कडा आपत्ति जनाएकी हुन्।

सांसद घतानीले प्रधानमन्त्रीको कार्यशैलीमाथि व्यङ्ग्य गर्दै फेसबुकको ‘भ्युज’ र ‘मनिटाइजेसन’ का लागि राष्ट्रलाई सम्बोधन गरिएको हो कि भन्ने प्रश्न गरिन्। “प्रधानमन्त्रीको सम्बोधन फेसबुक एकाउन्टबाट आउँछ। प्रधानमन्त्रीज्यू, राष्ट्रलाई सम्बोधन गर्नुभएको हो कि आफ्नो फेसबुक पेजको भ्युज र मनिटाइजेसन बढाउन खोज्नुभएको हो?” उनले बैठकमा प्रश्न गरिन्।

डिजिटल सरकार र प्रविधिको प्रयोगलाई समर्थन गरे पनि राज्यका आधिकारिक निकायलाई उपेक्षा गर्नु गलत भएको उनको तर्क थियो। “प्रविधिको प्रयोग गरौँ, तर राज्यका आधिकारिक संस्थालाई बाइपास गरेर फेसबुकको भ्युजबाट देश चलाउने होइन,” घतानीले भनिन्, “देश फेसबुकको पहुँचले होइन, संविधान र राज्यका संस्थाहरूले चलाउनुपर्छ।”

सांसद घतानीले प्रधानमन्त्री बालेन शाहले यसअघि संसद्‍मा दिएको विवादित अभिव्यक्ति अझै नसुध्रिएको भन्दै त्यसलाई तत्काल सच्याउन र संसद्को रेकर्डबाट हटाउन माग समेत गरिन्। प्रधानमन्त्रीले आधिकारिक माध्यम छोडेर सामाजिक सञ्जाललाई मात्र प्राथमिकता दिँदा संसदीय मर्यादा र सरकारी प्रणाली कमजोर भएको एमालेको दाबी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *