यी ६ प्रदेशमा वर्षा र हिमपातको सम्भावना, बाढी–पहिरोको जोखिम

काठमाडौँ, २८ साउन । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानकै आसपास रहेकाले देशभर मनसुनी गतिविधि जारी रहनेछ।

हाल देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बदली रहेको छ। अहिले कोशी, गण्डकी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मधेस र कोशीका तराई क्षेत्रमा आंशिक बादल लागे पनि सुदूरपश्चिम र लुम्बिनीको तराई भागमा भने अहिले मौसम मुख्यतया सफा छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागमा साधारणतया बदली रहनेछ। यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ। यस्तै, मधेस प्रदेश र तराईका अन्य केही जिल्लाहरूमा पनि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

देशभर बदलीको अवस्था कायमै रहनेछ। सबै प्रदेशका हिमाली र पहाडी भू-भागमा मध्यम वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।
uble-check outputs.