ट्रयाक्टरबाट खसेर बाराका एक किशोरको मृत्यु
काठमाडौँ, भदौ १० । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा गुडिरहेको ट्रयाक्टरबाट खसेर किचिँदा एक किशोरको घटनास्थलमै मृत्यु भएको छ ।
पटेर्वा सुगौली गाउँपालिका १ स्थित दुधेश्वरनाथ महादेव मन्दिर नजिकै मंगलबार भएको उक्त दुर्घटनामा बाराको विश्रामपुर गाउँपालिका ५, इटियाही टोलका १७ वर्षीय आकाश रामको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार, गुडिरहेको ट्रयाक्टरबाट अचानक खसेका रामलाई सोही ट्रयाक्टरले किचेको थियो । दुर्घटनापछि ट्रयाक्टर चालक फरार रहेकाले उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान अगाडि बढाएको छ ।