‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’: महासचिव पोखरेल

काठमाडौँ, १ असोज । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्बासी तथा श्रमिक समुदायको भूमिसम्बन्धी समस्या समाधानका लागि राज्यका प्रयासलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका छन्।

भूमि अधिकार तथा श्रमिक सङ्गठन, नेपालको १५औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित ‘नेपालमा भूमि समस्या : समाधानका प्रयास, उपलब्धि र चुनौती’ विषयक अन्तरक्रियामा महासचिव पोखरेलले सरकारले सम्बन्धित स्थानीय तह र सरोकारवाला पक्षसँग सघन छलफल गरी दीर्घकालीन रूपमा समस्या समाधान गर्नुपर्ने बताए।

कार्यक्रममा सहभागीहरूले भूमिहीनता र अव्यवस्थित बसोबासका कारण गरिब, सुकुम्बासी तथा श्रमिक समुदायले भोग्दै आएका समस्या, भूमि अधिकारको सुनिश्चितता तथा भूमि सुधारका प्रयासबारे छलफल गरेका थिए। उनीहरूले भूमि अधिकार सुनिश्चित नहुँदा सम्बन्धित समुदाय आधारभूत सेवा तथा सामाजिक–आर्थिक अवसरबाट समेत वञ्चित हुने अवस्था रहेको उल्लेख गर्दै समस्या समाधानका लागि प्रभावकारी नीति तथा कार्यक्रमको कार्यान्वयनमा जोड दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *