३० वर्षपछि पुनः प्रहरीमा दोहोरियो उहि घटना, अच्युतकृष्णपछि दानबहादुरको उहि कथा

काठमाडौं, १८ कात्तिक । आज भन्दा ठिक ३० वर्ष अघि अर्थात २०५३ चैत २२ गते नेपाल प्रहरीमा अनौठो घटना तत्कालिन सरकारले घटाएको थियो । त्यतिबेला गृहमन्त्री वामदेव गौतम हुनुहुन्थ्यो । उहाँका पालामा बहालवाला आईजीपी अच्युतकृष्ण खरेललाई राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा सरुवा गरेर ध्रुवबहादुर प्रधानलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय भएको थियो । नेपालको राजनीतिमा त्यो एउटा खैलाबैला मच्याउने घटना थियो । त्यो निर्णयले त्यतिबेला निकै ठूलो खैलाबैला मच्याएको थियो ।

अहिले ठ्याक्कै ३० वर्षपछि त्यहि घटनालाई सम्झाउने घटना बालेन साह नेतृत्वको सरकारले गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले बहालवाला आइजीपी दानबहादुर कार्कीलाई बर्खास्त गर्दै डा. मनोजकुमार केसीलाई आईजीपीको जिम्मेवारी दिने निर्णय गरेको छ । यो निर्णयसँगै राजनीतिमा निकै ठूलो खैलाबैला भएको छ ।

त्यतिबेला खरेल बिहान पशुपति र गुह्येश्वरी दर्शन गरेर घर फर्किँदै हुनुहुन्थ्यो । तर, उहाँलाई सरुवा गरेको खवर त्यतिबेला थापा पाउनुभयो । खरेलले आफ्नो आत्मकथा ‘च्युतकृष्ण खरेल’मा पनि त्यो उल्लेख गर्नुभएको छ । त्यतिबेला नियमित मन्त्रिपरिषद् बैठकमा प्रस्तावको विरोध भएपछि मध्यरातमा आकस्मिक बैठक राखेर निर्णय गराइएको थियो । त्यतिबेला सो घटनाले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीको चौतर्फी आलोचना भएको थियो । सत्तापक्षकै नेताहरूले समेत निर्णयको विरोध गरेका थिए भने मन्त्री प्रकाशचन्द्र लोहनीले यही घटनालाई कारण देखाउँदै राजीनामा नै दिनुभएको थियो । अहिले ठ्याक्कै त्यस्तै घटना भएको छ ।

मन्त्रिपरिषद स्रोतका अनुसार वर्तमान परिस्थितिमा मुलुकको शान्ति सुरक्षाको व्यवस्था सुदृढ गर्नका लागि भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रहरी महानिरीक्षकस्तरको प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरिएको छ । र, विशेष सुरक्षा सल्लाहकार पदमा कार्कीलाई खटाउने निर्णय भएको छ । यो निर्णयको सर्वत्र आलोचना भएको छ । स्मरण रहोस् त्यतिबेला पनि खरेललाई हटाएर सरकारले प्रधानलाई आईजी बनाएको थियो । सर्वोच्चबाट मुद्दा जितेपछि खरेल पुनः आईजीपी हुनुभएको थियो । त्यसपछि सरकारले प्रधानलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहाकारमा सरुवा गरेको थियो ।

रमेश चन्द ठकुरीलाई पनि सरकारले सुरक्षा सल्लाहकारमा सरुवा गरेको थियो । त्यतिबेला सुडान घोटाला काण्डमा मुछिएको भन्दै सरकारले उनलाई सुरक्षा सल्लाकारमा सरुवा गरेको थियो । अनि उनको ठाउँमा रवीन्द्र प्रताप शाहलाई आईजीपी बनाइएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *