अधिवक्ता भगवती पाण्डे पक्राउ
काठमाठाैं, १७ साउन । विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डेलाई प्रहरीले पक्राउ गरेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार बिहान उनलाई पक्राउ गरेको डिएसपी अनिल अधिकारीले जानकारी दिनुभयाे ।
पाण्डेले मगर र तामाङ समुदायप्रति लक्षित गरी विवाहबारे अभिव्यक्ति दिएको आरोप छ। उनको बयान भइरहेको प्रहरीले जनाएको छ।
अधिवक्ता पाण्डले केही दिनअघि एक टेलिभिजन अन्तर्वार्ताका क्रममा मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएकी थिइन्।
बुधबार उनलाई पक्राउ गर्नुपर्ने माग राख्दै नेपाल मगर संघ र नेपाल तामाङ संघले प्रहरी परिसर अगाडि प्रदर्शन गरेको थियो। प्रदर्शनका क्रममा प्रहरीमाथि ढुंगामुढा गर्ने २८ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।