डेङ्गुबाट मकवानपुरमा एक जनाको मृत्यु
मकवानपुर, २६ साउन । डेङ्गुको सङ्क्रमणबाट मकवानपुरमा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का ४१ वर्षीय पुरुष रहेका छन् ।
स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार ती पुरुषको उपचारका क्रममा बिहीबार चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
उनी बिरामी भई यही साउन २३ गते अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो ।
चालु आर्थिक वर्ष २०८०/८१ मा डेङ्गुको सङ्क्रमणका कारण मृत्यु भएको यो पहिलो घटना हो ।
जिल्लामा उपचारका लागि आएकामध्ये हालसम्म ५३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको सूचना अधिकारी केसीले बताउनुभयो ।