सुनकाण्ड र तलिता निवास काण्डमा गठबन्धनका मान्छे परेपछि सरकारलाई गम्छाले पसिना पुछ्ने बनायोःओली

काठमाडौं, १६ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धनले सत्ताको लोभमा जनताको समस्या विर्सिएको आरोप लगाउनु भएको छ । ओलीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै यस्तो आरोप लगाउनु भएको हो ।

उहाँले सत्ता अस्थायी र जनता अमर रहेको बताउनुभयो । उहाँले सत्यलाई कमजोर नपार्न पनि आग्रह गनुृभयो । ‘राष्ट्रिय एकता र सद्भावमा एकजुट होऔं ।राजनीतिक उपलब्धिका लागि एकजुट होऔं,’ उहाँले भन्नुभयो, ‘ परराष्ट्र नीतिमा एकजुट होऔं ।’

उहाँले सम्वोधन गर्दै नालायक गठबन्धन भन्दै त्यसले गठबन्धन टिकाएर संविधानमाथि असंवैधानिक हमला गरिरहेको पनि आरोप लगाउनुभयो । ‘यो गर्न पाउने नपाउने युद्धमा पनि नियम हुन्छ । तर, यो सरकारसँग कुनै नियम छैन,’ उहाँले भन्नुभयो, ‘संविधानमाथि अनास्था फैलाउने काममा यो सरकार लागेको छ । हमलाकारीलाई कानुनको दायरामा ल्याउन खोज्दैन ।’

उहाँले आफ्नो ज्यान लिन खोज्नेलाई नसमातेको भन्दै गठबन्धन दलका कार्यकर्ताहरुलाई त्यसमा लगाएको आरोप पनि लगाउनुभयो । त्यो हिंसालाई प्रोत्साह गर्ने काम भएको उहाँको आरोप छ ।

‘सरकारमा बसेर यो फायल, उ फायल खोल्ने भन्छ, खोल्नुहोस्,’ उहाँले चुनौतिका साथ भन्नुभयो, ‘खोलेका फायलको यो छ हालत । ललिता निवासको फायल खोल्नु त भयो । तर, बन्द गर्न कति मुस्किल पर्यो है ? सत्ता गठबन्धन परेपछि पसिना पुछ्न रुमालले नपुगेर गम्छा चाहियो । कति मुस्किल परेको थियो । मेरो विरुद्धमा ठाउँठाउँमा बुख्याँचा राख्नु भएको छ । त्यसले केही गर्दैन ।’