डिशहोमको “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” का विजेता लाई पुरस्कार रकम प्रदान

काठमाडाैं, १७ कात्तिक । डिशहोमको “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” योजना अन्तर्गत वेलचौतारा, शुक्ला गण्डकीका टार्जन गुरुङले पुरस्कार जित्नुभएको छ ।

डिशहोमले एक कार्यक्रमको आयोजना गरि गुरुङलाई डिश मिडिया नेटवर्कका प्रतिनिधीले नगद रु एक लाख हस्तान्तरण गरेको हो ।

गत कार्तिक १३ गते सोमवार भएको लक्की ड्र मार्फत ओखलढुंगाका गुरुङले नगद रु एक लाख जित्नुभएको हो । डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” सार्वजनिक गरेको थियाे ।

यस योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद रु एक लाख प्राप्त गर्न सक्नेछन् । त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद रु दश लाख पुरस्कार राशी राखिएकाे छ ।

यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ । सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ ।