भेनेजुयलाका १३ जना नेता तथा सैनिक अधिकारीमाथि प्रतिबन्ध
भेनेजुयला । अमेरिकाले भेनेजुएलाका १३ जना नेता तथा सैनिक अधिकारीमाथि प्रजातन्त्रलाई समर्थन नगरेको भन्दै प्रतिबन्ध लगाइदिएलगत्तै भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले अमेरिकी कदम गैरकानुनी भन्दै त्यसलाई अस्वीकृत गरेका छन्।
उनले अमेरिकी कदम गैरकानुनी, अभद्र र अप्रत्याशितू भएको प्रतिक्रिया दिए।
अमेरिकाले मडुरोलाई आइतबारका लागि तय गरिएको विवादास्पद संविधान सभाको चुनाव स्थगित गर्न आग्रह गरेको छ।
अमेरिकाले भेनेजुएलाको सेनाका प्रमुख, राष्ट्रिय प्रहरीका निर्देशक, राष्ट्रिय निर्वाचन परिषदका प्रमुख र एक भुतपूर्व उपराष्ट्रपतिविरुद्ध प्रतिबन्ध लगाएको हो।