पाकिस्तानको सर्वोच्च अदालतद्वारा प्रधानमन्त्री शरिफ दोषी ठहर,पद धरापमा

 

इस्लामावाद । पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री नवाज शरिफलाई पानामा लिक्स मामिलामा दोषी ठहर गरेको छ ।
अदालतको यस फैसलासँगै उहाँ प्रधानमन्त्री पदका लागि अयोग्य हुनुभएको छ । अदालतको फैसलासँगै उहाँले राजीनामा दिनु भएको छ । कालोधन जम्मा गरेको आरोपमा शरीफ दोषी ठहर भएको बीबीसीले जनाएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश एजाज हसन, एजाज अफजल, सईद शेख, आसिफ सईद खोसा र गुलजार अहमद पाँच सदस्यीय इजलासले नवाज शरीफलाई दोषी ठहर गरेको हो ।

विपक्षी दल पाकिस्तान तहरिक ए इन्साफका अध्यक्ष इमराज खानले पनामा पेपर लिक्स प्रकरणमा अदालतमा मुद्दा दायर गर्नुभएको थियो। उहाँलेहालै सर्वोच्च अदालतमा यस मुद्दाको छिटो फैसला सुनाउनुपर्ने माग गर्दै अपिल समेत गर्नुभएको थियो ।