नाफा सुरक्षित गर्दा घट्यो नेप्से
काठमाडाैं, २५ मंसिर । अघिल्लो कारोबार दिन बजार उच्च अंकले बढेपनि यस दिन अल्पकालिन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा बजार घट्न पुगेको छ ।
लामो समयदेखि सुस्त रहेको बजार एकै दिन उच्च अंकले बढेपछि यस दिन अल्पकालिन लगानीकर्ताहरु नाफा सुरक्षित गर्नतर्फ लागेका हुन्।
सोमबार नेप्से परिसूचक १५.४० अंक घटेर १९४८.५७ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ४.३३ अंक घटेको।
यस दिन कारोबार रकम भने उल्लेख्य बढेको छ। यस दिन ३०३ स्टकको १ लाख ९ हजार ९१८ पटकको कारोबारमा ४ अर्ब ८४ करोड २७ लाख रुपैयाँ बराबरको १ करोड ४६ लाख ९८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
नेप्से घटेपनि यस दिन तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बोटलर्स नेपाल (तराई), सामुदायिक लघुवित्त र डोल्टी पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
कारोबारमा आएको समता घरेलु लघुवित्तको शेयरमूल्य भने यस दिन सर्वाधिक ७.१५ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा यस दिन सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २५ करोड १५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपससमूहको परिसूचक सर्वाधिक २.१६ प्रतिशत बढेको छ भने निर्जीवन बीमा उपसमूहको परिसूचक १.३७ प्रतिशत बढेको छ।