काठमाडौं —दमाम दैनिक सिधा उडान

काठमाडौं । नेपालको लागिइतिहासमै पहिलो पटक, हिमालय एरअलाईन्सले आफ्नो यात्रुवर्गहरुलाई लक्षित गर्दै भाद्र १६,२०७४ देखि दशैं तिहारको विशेष उपहारको रुपमा दमाम, साउदी अरबमा दैनिक सिधा उडान गर्ने घोषणा गरेको छ । नेपालीहरुको लागि साउदी अरब, वैदेशिक रोजगारको प्रमुख गन्तव्य हो, जहाँ वर्तमानमा करिब करिब ५,००,००० नेपाली दक्ष र अर्ध दक्षक मजदूरहरु काम गरिरहेका छन् । हिमालय एअरलाईन्सले शुरु गरेको दैनिक सिधा उडान साउदीमा बस्ने नेपालीहरुको लागि आउँदै गरेको महान चाँड दशैं तथा दिपावलीमा घर आउनेहरुलाई उपहार सरह हुनेछ र दमाम, साउदी अरब र काठमाडांै बिच यात्रा गर्ने हजारांै नेपालीहरुलाई यात्राको सहजताका साथै समय र पैसा दुवैको वचत हुनेछ ।
दैनिक उडान संचालन गर्ने हिमालय एअरलाईन्सको विमान उडान नम्बर एच ९५५९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट २२ः३० ९स्थानिय समय० मा प्रस्थान गरी किङ्गफादअन्तर्राष्ट्रिय विमानस्थल दमाममा अर्कौ दिनको ००ः ५० ९स्थानिय समय० माअवतरण गर्नेछ । हिमालय एअरलाईन्सका उपाध्यक्ष विजय श्रेष्ठले सधै हाम्रा यात्रुहरुलाई सरल, सुलभ र सुविधाजनक हवाई सेवाप्रदान गर्न उत्सुक भएको वताए ।
हिमालय एयरलाईन्सले आफ्नो उडानमा यात्रुहरुको मनोरञ्जनकालागि नयाँ सुपरहिट चलचीत्र, गीत र वित्तचीत्रहरु देखाउँदै आइरहेको छ । साथै यस एयरलाईन्समा उडान गर्ने यात्रुले हिमालय एयरलाईन्सको इन् फ्लाईट म्यागेजिन –डाँफे पढेर पनि आफ्नो यात्राको समय बिताउन सक्नेछ ।