एनआइसी वैंकले तुरुन्तै कर्जा स्विकृत गर्ने

काठमाडौं । नेपाल अटो डिलर्स एशोसिएनको आयोजनामा भृकुटीमण्डपमा शुरु भएको ‘नाडा अटो शो २०१७’ मा ग्राहकहरुलाई सर्वोत्तम सुविधा दिने उद्देश्य राखी एन आई सी एशिया बैंकले आफ्नो सबल उपस्थिति जनाएको छ । नेपालको एक मात्र बृहत् उक्त अटो शोमा बैंकले तुरुन्तै कर्जा स्विकृत गर्ने व्यबस्था समेत गराएको छ । यस बैंकले व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनका लागि खरीद गरिने गाडीमा ७ वर्ष अवधि सम्मको लागी आर्कषक ब्याजदरमा तुरुन्त कर्जा उपलब्ध गराउने छ । साथै, ग्राहकहरुले अधिकतम लाभ लिन सकुन भन्ने हेतूले कर्र्जामा कुनै पनि प्रकारको प्रशासनिक शुल्क नलिने व्यबस्था समेत गरिएको छ ।
साथै नाडा अटो शो २०१७ मार्फत सवारी साधन कर्जाको लागी आवेदन दिने ग्राहक महानुभावहरुलाई यस बैंकले निःशुल्क रुपमा १ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा उपलब्ध गराउने समेत बैंकले जनाएको छ ।