मोरङकोमा श्रीमतीको हत्यापछि श्रीमानले पनि गरे घाँटी रेटेर आत्महत्या
विराटनगर. ७ चैत्र । मोरङको बेलबारीमा श्रीमतीको हत्या गरर श्रीमान्ले पनि आत्महत्या गरेका छन् ।
बेलबारी नगरपालिका–१ का ६० वर्षीय बमबहादुर लिम्बूले पत्नी ४५ वर्षीय गीता लिम्बूको हत्या गरेर आफूले पनि आत्महत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।
बमबहादुरले श्रीमतीको टाउकोमा दाउले हानेर हत्या गरेकाे प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गीताको शरीरका विभिन्न भागमा दाउकाे गहिराे चोट लागेको छ । गीताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पत्नीको हत्या गरेपछि बमबहादुरले पनि त्यही दाउले आफ्नो घाँटी रेटेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बमबहादुरलाई घाँटी रेटेर गम्भीर घाइते भएको अवस्थामा प्रहरीले फेला पारेर विराटनगरको नोबेल अस्पतालमा उपचारका लागि पुर्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।