जनबहाः द्यःको रथलाई तानेर वसन्तपुर दरवार स्क्वायर पुर्याइयाे

काठमाडौं, ५ वैशाख । वर्षा र सहकालका देवता मानिने जनबहाःद्यःको रथलाई असनबाट तानेर वसन्तपुर दरवार स्क्वायरमा पुर्‍याइएको छ ।

मंगलबार (हिजो) तीनधारा पाठशालाबाट सुरु भएर जमलबाट असन पुर्‍याइएको थियो । भने आज उक्त रथ तानेर हनुमानढोका दरबारमा रहेको कालभैरवको अगाडि पुर्याइएकाे हाे

त्यस्तै, जात्राको तेस्रो दिन हनुमानढोकाबाट रथ तानेर लगन टोलमा पुर्याईन्छ ।

लगनटोलको मध्यभागमा रहेको ठूलो रुख अर्थात् मां सिमा (करुणामयको आमा) को तीनपल्ट परिक्रमा गराई भोलिपल्ट बिहान जनबहाःद्यःलाई फर्काई केही दुरीसम्म रथ तान्ने परम्परा रहेको छ ।

उक्तदिन बेलुकी साइत हेरी जनबहाःद्यःलाई रथबाट निकाली पहिलेकै सानो खटमा राखिजात्रा गरी जनबहालमा फर्काईन्छ ।

जनबहालमा पुगेपछि गुरुज्यू तथापुजारीहरुले विधिपूर्वक पूजा गरी जनबहाःद्यःलाई स्वागत गरी भित्र्याइन्छ । अन्तमा देवतालाई प्रतिस्थापन गरीसकेपछि जनबहाःद्यःको जात्रा विधिवत रुपमा समाप्त हुन्छ ।

वर्षा र सहकालका देवता मानिने जनबहाःद्यःको दर्शन गरे सुख, सुस्वास्थ, दीर्घायु तथा आर्थिक उन्नति हुने विश्वास छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *