रत्न छत्र हिमालय फाउन्डेसनकाे समन्वयमा बाल ज्योति आधारभूत विद्यालयलाई शैक्षिक सामग्री
सिन्धुपाल्चोक, ५ असार । रत्न छत्र हिमालय फाउन्डेसनकाे समन्वयमा सिन्धुपाल्चाेक पाँचपोखरी गाउँपालिका वडा नं ८ स्थित बाल ज्योति आधारभूत विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गरिएकाे छ ।
फाउन्डेसनकाे समन्वयमा लायन्स क्लब अफ काठमाडाैं फेलाेसिप, लायन्स क्लब अफ न्यू ग्रिनसिटी, लायन्स क्लब अफ इन्टरप्रेनरसिप डिस्ट्रिक एफ ३२५काे सहयाेगमा एक कार्यक्रम गरी उक्त सामग्री हस्तान्तरण गरिएकाे लायन्स क्लब अफ काठमाडाैं फेलाेसिपका अध्यक्ष राजेश हिमालयले बताउनुभयाे ।
स्कुलका विद्यार्थीहरुलाई फाउन्डेसनकाे समन्वयमा स्कुल ब्याग, पानी खाने बाेटललगाएतका शैक्षिक सामग्री वितरण गरिएकाे थियाे ।
कार्यक्रममा विब्यस अध्यक्ष गिता कोइराला धिताल, विद्यालयका प्रधानाध्यापक प्राप्ती सिलवाल धिताल, स्थानीय लोकनाथ पौडेल, वडा नं ८का अध्यक्ष बिष्णुबहादुर खडकालगाएतका उपस्थित रहनुभएकाे थियाे ।
कार्यक्रममा विद्यालयका तर्फबाट सहयाेगिहरू लायन राजेश हिमालय, लायन सुसिला श्रेष्ठ, लायन राजेन्द्र भट्ट, लायन अम्विका तिमल्सिना, लायन भरत काेइराला, लायन हुद्दराज खड्का, लायन युवराज गिरीलगाएतलाई सम्मान गरिएकाे थियाे ।